मौसमी कामदारहरूका लागि परामर्श सेवा
Nepalinkielinen esittely RIKUn kausityöneuvonnasta
15 मेदेखि 1 सेप्टेम्बर 2023 सम्म, सोमवारदेखि बिहीवारसम्म बिहान 11 बजेदेखि साँझ 6 बजेसम्म र शुक्रवार बिहान 9 बजेदेखि दिउँसो 4 बजेसम्म
नम्बर: +358 40 484 0103
(कल, SMS, WhatsApp, Telegram, Signal, Viber, LINE, ZALO)
इमेल: help@riku.fi
तपाईं मानक मेसेजिङ एपहरू (WhatsApp, Signal, Viber, LINE, ZALO) मार्फत कुनै पनि भाषा प्रयोग गरी सेवा विभागमा सम्पर्क गर्न सक्नुहुन्छ। हामी अङ्ग्रेजी, फिनिश र स्वीडिश भाषामा कुरा गर्छौँ र हामी सम्पर्क गर्ने व्यक्तिलाई पेशागत दोभाषेसँग कलमा कुरा गराउन सक्छौँ।
सेवा गोप्य छ र सम्पर्क व्यक्तिले उपलब्ध गराएको कुनै पनि जानकारी उहाँको अनुमतिविना बाहिरी व्यक्तिहरूलाई दिइने छैन।
यो सेवा विशेषगरी काममा शोषण भएको शंका गर्ने विदेशी कामदारहरूका लागि हो। उदाहरणका लागि, सेवाले काम गर्ने समय र भुक्तानी, प्रतिबन्धित नियुक्ति शुल्कहरूको सङ्कलन, आवास र सरसफाइका अवस्थाहरू र उपलब्ध कानुनी उपचारहरू जस्ता कानुनी कार्य अवस्थाहरूका बारेमा सुझाव दिन्छ। कामदारले आफ्नो सहमति दिएमा मामिलाको थप अनुसन्धान गर्नका लागि अधिकारीहरूलाई सम्बोधन गर्न पनि सकिन्छ।